अभिनेता अनुपविक्रम शाहीले इन्स्टाग्राममार्फत सलमान खानसँग ‘ब्याटल अफ गलवान’ फिल्ममा अभिनय गरेको विवरण सार्वजनिक गर्दै सलमानको प्रशंसा गरेका छन्।

काठमाडौँ — अभिनेता अनुप विक्रम शाहीले आफूले बलिउड हस्ती सलमान खानसँग काम गरेको कुरा पुष्टि गरेका छन् । यसअघि सलमानसँग फिल्म खेल्दै भन्ने समाचार आए पनि अनुपले यसबारे केही बोलेका थिएनन् ।

तर, अहिले भने अभिनेता शाहीले सामाजिक सञ्जाल इन्स्टाग्राममा सलमानसँगको तस्बिर सार्वजनिक गर्दै आफूले ‘ब्याटल अफ गलवान’मा अभिनय गरेको जानकारी गराएका छन् ।

यो फिल्ममा काम गर्दा सलमानको प्रतिभा मात्रै नभई दयालु हृदयको साक्षी बन्न पाएको अनुपले इन्स्टाग्राममा उल्लेख गरेका छन् । ‘ब्याटल अफ गलवानको र्‍यापअप भयो । उहाँलाई हेर्दै हुर्कें अहिले उहाँसँगै काम गर्न पाएँ । एउटा यस्तो लिजेन्डसँग जसको हृदय साँच्चै दयालु छ,’अनुपले लेखेका छन्,’जीवनको यो अविस्मरणीय अध्यायका लागि म निकै कृतज्ञ छु । उहाँको प्रतिभा मात्रै होइन हृदयको साक्षी बन्न पाएँ ।’

अनुप विक्रम शाहीले पछिल्लो समय फिल्म ‘जार’बाट आफ्नो अभिनयको तारिफ बटुलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *