असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह

५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।…

त्रिशूली–३ ‘ए’ सुरुङभित्र मानिसको आवाज सुनियो, उद्धार कार्य तीव्र

नुवाकोट, भदौ १९ — गत भदौ १० गते गएकाे विनाशकारी बाढीबाट त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा आशालाग्दो संकेत देखिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएपछि उद्धार कार्यलाई…

फुट्याे बाबुरामकाे पार्टी प्रलाेपा !

काठमाडौं — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अन्ततः विभाजनको चरणमा पुगेको छ। पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व विवाद, संगठनात्मक कमजोरी र वैचारिक अस्पष्टताले नयाँ राजनीतिक…

राष्ट्रिय सभाकाे बैठक आज के छ कार्यसुची !

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने तय भएको छ।बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ…

के तपाई यात्रा गर्दै हुनुहुन्छ ? कहाँ कहाँ सडक अवरुद्ध छ हेर्नुस् नामसहित !

काठमाडौं साउन २१। केही दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरूमा बाढी र पहिरोले यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार धेरै स्थानमा…

राजनीति

फुट्याे बाबुरामकाे पार्टी प्रलाेपा !
फुट्याे बाबुरामकाे पार्टी प्रलाेपा !

काठमाडौं — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अन्ततः विभाजनको चरणमा पुगेको छ। पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व विवाद, संगठनात्मक कमजोरी र वैचारिक अस्पष्टताले नयाँ राजनीतिक प्रयोग असफल भएको संकेत गरेको छ।
सम्झौताअनुसार दुर्गा सोबको नेतृत्वमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनःस्थापना गरिएको छ भने सन्तोष परियारले प्रलोपालाई निरन्तरता दिने भएका छन्। नयाँ शक्तिले पुरानै ‘आँखा’ चुनाव चिह्न राख्ने सहमति भएको छ भने प्रलोपाले नयाँ चुनाव चिह्नका लागि प्रक्रिया अघि बढाउने बताइएको छ।
यसअघि नै सुदन किराँती, ओजस्वी भट्टराईलगायतका नेताहरू पार्टी छाडिसकेका थिए। पछिल्लो विभाजनले प्रलोपाको संगठनात्मक आधार झन् कमजोर बनेको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ वैकल्पिक शक्तिको दाबी गर्दै बनेको दल पटक–पटक विभाजन हुनु नेतृत्वबीचको विश्वासको संकट र स्पष्ट राजनीतिक दिशाको अभावको परिणाम हो। यसले नेपाली राजनीतिमा नयाँ विकल्पप्रति जनविश्वाससमेत कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

राष्ट्रिय सभाकाे बैठक आज के छ कार्यसुची !
राष्ट्रिय सभाकाे बैठक आज के छ कार्यसुची !
समस्या दबाउदै सरकार, समाधान होइन ‘सामसुम’ पार्ने मात्रै  रणनीति : प्रा. कृष्ण खनाल
समस्या दबाउदै सरकार, समाधान होइन ‘सामसुम’ पार्ने मात्रै रणनीति : प्रा. कृष्ण खनाल
कांग्रेस संस्थापनलाई खुला चुनौतीदिदै  ५५१ सदस्यीय समिति घोषणा
कांग्रेस संस्थापनलाई खुला चुनौतीदिदै ५५१ सदस्यीय समिति घोषणा

अन्तराष्ट्रिय

जलवायु परिवर्तनविरुद्ध नेपालसँग सहकार्य गर्छौं : चीन
जलवायु परिवर्तनविरुद्ध नेपालसँग सहकार्य गर्छौं : चीन

काठमाडौं, भदौ १८ — चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
उनले नेपालसहित अन्तर्राष्ट्रिय समुदायका अन्य पक्षसँग जलवायु परिवर्तनका नकारात्मक प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि सहकार्य अझ सुदृढ गर्न चीन तयार रहेको बताए।
नेपालमा हालै आएको विनाशकारी बाढीपछि जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने मुलुकहरूसँग जलवायु क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेका बेला चीनको यस्तो धारणा सार्वजनिक भएको हो।
अमेरिकी सञ्चारमाध्यम ब्लूमबर्गले चीन, भारत र अमेरिकासँग जलवायु क्षतिपूर्ति माग भइरहेको विषयमा चिनियाँ विदेश मन्त्रालयको धारणा मागेको थियो। त्यसको जवाफमा प्रवक्ता गुओले चीन विश्वव्यापी हरित विकास प्रवर्द्धनका लागि निरन्तर प्रतिबद्ध रहेको बताए।
उनका अनुसार चीनले कार्बन उत्सर्जनको उच्चतम स्तरमा पुर्‍याउने तथा त्यसपछि कार्बन तटस्थता हासिल गर्ने लक्ष्यतर्फ सक्रिय र ठोस प्रयास गरिरहेको छ।
गुओले विकासशील देशहरूको वैध अधिकार तथा हितको संरक्षण गर्दै निष्पक्ष र समतामूलक विश्वव्यापी जलवायु शासन प्रणाली निर्माणका लागि चीनले काम गरिरहेको दाबी गरे।
उनले दक्षिण–दक्षिण सहकार्यअन्तर्गत आफ्नो क्षमताले भ्याएसम्म अन्य विकासशील मुलुकलाई सहयोग गर्दै आएको पनि बताए।
नेपालसँगको सम्बन्धबारे चीनको धारणा
नेपाल र चीनबीचको सम्बन्धलाई उल्लेख गर्दै गुओले दुवै देशलाई ‘हिमाल र नदीले जोडिएको साझा भविष्य भएको समुदाय’का रूपमा चित्रण गरे।
उनले हालै भएको सीमापार विपद्बाट चीन पनि गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै जलवायु तथा विपद्का चुनौती सामना गर्न सहकार्य आवश्यक रहेको बताए।

हर्मुज सम्झौता अन्तिम चरणमा
हर्मुज सम्झौता अन्तिम चरणमा
डिसेम्बरमा स्वदेश फर्किन्छु : शेख हसिना !
डिसेम्बरमा स्वदेश फर्किन्छु : शेख हसिना !
ट्रम्पमाथि इरान युद्ध अन्त्य गर्न परस्पर विरोधी दबाब !
ट्रम्पमाथि इरान युद्ध अन्त्य गर्न परस्पर विरोधी दबाब !