कालिकोट। नेपाली कांग्रेस कालिकोटको जिल्ला सभापतिमा नागेन्द्र विष्ट सर्वसम्मत निर्वाचित भएका छन्। नरहरिनाथ गाउँपालिका अध्यक्षसमेत रहेका विष्ट जिल्ला सभापतिमा निर्वाचित भएपछि उनलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

विष्टको नेतृत्वमा नेपाली कांग्रेस कालिकोटको संगठनलाई थप सुदृढ बनाउँदै पार्टीलाई जनतामाझ थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका विष्टसहित सम्पूर्ण टिमलाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *