इरान र ओमान हर्मुज जलडमरूमध्य पुनः सञ्चालनसम्बन्धी सम्झौताको अन्तिम चरणमा पुगेका छन्। जलमार्गको भौगोलिक सीमांकनमा सहमति जुटेपछि सम्झौता छिट्टै टुंगिन सक्ने बताइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार प्रारम्भिक सम्झौता ४८ घण्टाभित्र हुन सक्ने सम्भावना रहेको छ।
तर वार्ताको प्रगति भइरहे पनि हर्मुज क्षेत्रमा सुरक्षा चुनौती कायमै छ। ओमान नजिक एक तेल ट्यांकरले दुईवटा विस्फोटको आवाज सुनेको जनाएको छ, यद्यपि जहाज र चालक दल सुरक्षित रहेका छन्। साथै, हुथी विद्रोहीका आक्रमण र गाजा–लेबनान क्षेत्रमा जारी सैन्य गतिविधिले मध्यपूर्वको तनाव अझै पूर्ण रूपमा कम नभएको संकेत दिएको छ।
