काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो। भेला व्यवस्थापनका लागि १६ वटा विभिन्न उपसमितिसमेत गठन गरिएको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।
संस्थापन इतर समूहले यसअघि नै काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरिसकेको छ। सोही कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक समिति गठन गरिएको बताइएको छ।
राजनीतिक वृत्तमा भने ठूलो आकारको आयोजक समिति गठनलाई आगामी महाधिवेशन र पार्टीभित्रको शक्ति सन्तुलनलाई लक्षित शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *