• काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बुधबार साँझ पाँच बजेतिर मिराजको कार्यालयबाट जगत नाम गरेका व्यक्तिले कार्यालयमा सुरक्षा चाहिने भयो भन्दै फोन गरेका थिए ।

काठमाडौँ जेन–जी अभियन्ता मिराज ढुंगानाले बुधबार साँझ आफ्नो कार्यालयमा आक्रमण भएको बताएका छन् ।

बिहीबार बिहानै ढुंगानाले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट लेख्दै साँझ ६ बजेतिर आफूहरुको कार्यालयमा आक्रमण भएको बताएका हुन् ।

अज्ञात समूहले आक्रमण गरेर र त्यहाँ रहेका महिला सदस्यहरुमाथि दुर्व्यवहारसमेत भएको उनको भनाइ छ । उनले लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो । हाम्रा महिला साथीसँग दुर्व्यवहार र हातपात समेत भयो। आखिर हामीलाई के गर्न खोजिएको हो?।’

घटनाबारे विस्तृत विवरण र आक्रमणकारीहरूको पहिचान खुल्न बाँकी रहेकाले कार्यालय पक्षले सुरक्षा निकायसँग आवश्यक कारबाहीको माग गरेको जनाएको छ।

मिराजले कार्यालयमा आक्रमण भएको भने पनि प्रहरीका अनुसार भने त्यस्तो खालको कुनै आक्रमणको उजुरी परेको छैन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बुधबार साँझ पाँच बजेतिर मिराजको कार्यालयबाट जगत नाम गरेका व्यक्तिले कार्यालयमा सुरक्षा चाहिने भयो भन्दै फोन गरेका थिए ।

कार्यालयमा विवादको अवस्था रहेको र सुरक्षा चुनौती बढेको भन्दै फोन गरेपछि एसपी भट्टराईले केहीको संख्यामा प्रहरी खटाएर पठाएका थिए । ‘तर प्रहरी पुगेपछि त्यहाँ अवस्था सामान्य थियो । सामान्य विवाद हो, हामी आफैं मिलाउँछौं भनेर प्रहरीलाई फर्काइयो । बिहान फेरि एक्कासी आक्रमणको सूचना सामाजिक सञ्जालमा आयो’ कान्तिपुरसँग एसपी भट्टराईले भने ।

उनका अनुसार मिराजका तर्फबाट कार्यालयमा आक्रमण भएको भनी प्रहरीकहाँ अहिलेसम्म मौखिक वा लिखित कुनै प्रकारको निवेदन परेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *