नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका शीर्ष नेताहरू उमेरका हिसाबले उत्तरार्धतिर पुगेका भए पनि ऊर्जाका दृष्टिले जेनजीभन्दा कम नभएको बताएका छन्।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। प्रचण्डले भने, आफूहरू उमेरले उत्तरार्धतिर पुगे पनि राष्ट्रप्रतिको जिम्मेवारी र समाजवादको यात्रालाई अघि बढाउने दृढतामा आफूहरू जेनजी युवाभन्दा कमजोर छैनन्।

उनका अनुसार,
‘हुन त उमेरका हिसाबले यहाँ रहेका नेता सबै उत्तरार्धतिर छौं। तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने अपेक्षा, र समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्ने दृढतामा हामी कुनै जेनजी युवाभन्दा कम छैनौं,’ प्रचण्डले भने।
‘अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय भूमिका पूरा गर्न चाहन्छौं। जेनजी युवाहरूका असली अभिभावक बन्न चाहन्छौं। उनीहरूको ऊर्जा र तागत जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं,’ उनले थपे।

साथै, उनले आफूलाई पदप्रेमी नेता भनेर नबुझ्न आग्रह गरे।

‘यसो भन्यो भनेर पदमै बसिराख्न खोज्यो भन्ने आरोप लगाइन्छ। तर हामीलाई पद नै रहिराख्नैपर्ने चाहना छैन। सक्रिय राजनीति निरन्तर गर्ने वातावरण बनेमा पद ठूलो कुरा होइन,’ प्रचण्डले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *