प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक चलिरहेको छ।
छलफलमा नेकपा एमाले तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन्।
सरकार पक्षबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी भएका छन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद तथा परामर्श सुरु गर्ने तयारी अघि बढाएकी थिइन्। अन्य दलका नेताहरूसँग पनि क्रमिक रूपमा छलफल गर्ने तयारी प्रधानमन्त्रीको भने स्रोतले जनाएको छ।
