१२ मंसिर, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सूचनाका आधारमा शुक्रबार बिहान ९ बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सौल वडा नम्बर १ बस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय प्रर्साले जनाएको छ ।

जाँचका क्रममा साहले मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलको वायाँतर्फको एयर फिल्टरभित्र लुकाइ छिपाइ ल्याएको १००० दरका ७०० थान गरेर ७ लाख र ५०० दरका ६०० थान गरेर ३ लाख गरी कूल १० लाख रुपैयाँ बरामद गरिएको छ ।

बरामद गरिएको रकम हुन्डीको भएको प्रहरीको भनाइ छ । मोटरसाइकलसहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *