• नेपाली कम्युनिस्ट पार्टीले वामपन्थी, समाजवादी र देशभक्त शक्तिहरूबीच वृहत् एकताको आवश्यकता औपचारिक रूपमा आह्वान गरेको छ।
  • पार्टीले १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरिएको उल्लेख गरेको छ।
  • नेकपाले संवैधानिक मार्गबाट परिवर्तन अगाडि बढाउन निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने धारणा राखेको छ।

१३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूबीच वृहत् एकताको आवश्यकता रहेको भन्दै सहकार्यका लागि औपचारिक आह्वान गरेको छ ।

पार्टीले जारी गरेको अपिलमा सात दशकको कम्युनिस्ट आन्दोलनका उतार–चढाव, विभाजन र पुन:एकीकरणका अनुभवका आधारमा १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरिएको उल्लेख छ ।

पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समाजवादी रूपान्तरणका पछिल्ला चुनौती गम्भीर बन्दै निष्कर्ष नेकपाको छ ।

जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक अस्थिरता, अराजकताका प्रयास र प्रतिगामी शक्तिहरूको सक्रियताले जनक्रान्तिका उपलब्धिमा जोखिम बढाएको भन्दै पार्टीले संवैधानिक मार्गबाट परिवर्तनलाई अगाडि बढाउन निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा नेकपाले जोड दिएको छ ।

नेकपाले श्रमजीवी तथा उत्पीडित वर्गका हित, सुशासन र समानतापूर्ण समाज निर्माणका लागि ‘नेपाली विशेषताको समाजवाद’लाई रणनीतिक दिशाका रूपमा प्रस्तुत गरेको छ ।

पार्टीले वामपन्थी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्दै समग्र वाम ध्रुवीकरण अपरिहार्य बनेको निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *