हिमपातमा पदयात्री मनाङ, ११ कात्तिकः मनाङको माथिल्लो भेगमा भारी हिमपात हुँदा मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पबाट फर्कदैँ गरेका पदयात्री । यहाँ हिमपातले पदयात्रामा निस्केका पदयात्रीको जनजीवन प्रभावित भएको छ । तस्बिरः नवीन लामिछाने÷रासस

हुम्ला । हुम्लामा हिमपात भएको भएको छ । गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो ।

निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् ।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।

हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *