कालिकोट, सान्नि त्रिवेणी — कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका–४ मा अवस्थित श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

नेपाल–भारत विकास सहकार्य (Nepal–India Development Cooperation) अन्तर्गत निर्माण हुन लागेको उक्त विद्यालय भवनको शिलान्यास भारतीय राजदूत नवीन श्रीवास्तव र सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर के.सी. ले संयुक्त रूपमा गरेका हुन्।

शिलान्यास कार्यक्रम आज (जेठ २८, २०८३) सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाल–भारतबीचको विकास सहकार्यले ग्रामीण क्षेत्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। यस्तो परियोजनाले विद्यालयको भौतिक संरचना सुधार गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत विभिन्न जिल्लामा विद्यालय, स्वास्थ्य संस्था तथा अन्य पूर्वाधार निर्माणका परियोजना सञ्चालन भइरहेका छन्, जसले स्थानीय स्तरमा विकासलाई गति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *