प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ।
स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले गठन गरिएको १५ सदस्यीय कार्यदलले आज बागमती प्रदेशबाट अभियान सुरु गरेको हो।
एमाले उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको कार्यदलले असार २ देखि १९ गतेसम्म प्रदेश, जनसङ्गठन, विभाग तथा विभिन्न निकायका पदाधिकारीबाट सुझाव सङ्कलन गर्नेछ। सङ्कलित सुझावका आधारमा पार्टी सुधार, रूपान्तरण र पुनर्गठनका कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ।
