नेकपा एमाले भित्रकाे बढ्जदाे विवाद पार्टी फुट सम्न पुग्ने अवस्थामा पुगेको छ । जनताको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ भन्ने सन्देशसँगै एमालेभित्र नेतृत्व, संगठन र पार्टीको भावी दिशाबारे बहस चर्किएको छ।


स्रोतका अनुसार शनिबार काभ्रेमा भएको छलफलमा एमालेका सचिव गोकर्णराज सापकोटा, प्रदेश सचिवालय सदस्य इन्द्र लामा लगायत बागमती प्रदेशका केही नेताले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको धारणा राखेका थिए। उनीहरूले ओलीबिनाको एमालेको परिकल्पना गर्न नसकिने तर्क गरेका थिए।


यस्तै धारणा राख्नेमा दोलखा एमालेका अध्यक्ष नरबहादुर श्रेष्ठ, धादिङका कार्यबाहक अध्यक्ष अर्जुन श्रेष्ठ, बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे लामा, सचिव बालकृष्ण देउजा, धादिङका सचिव राधिका शाक्य तथा मकवानपुरका नेता रामेश्वर राना रहेका थिए। चितवनका अध्यक्ष कमल पाठकले भने नेतृत्व र संगठन दुवै पक्षलाई समेट्ने मध्यमार्गी धारणा प्रस्तुत गरेका थिए।


छलफलका क्रममा पार्टीभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा समेत मत उठेको बताइन्छ। पुनर्गठनको पक्षमा आवाज बलियो बन्दै गएको देखिएपछि गुन्डुमा आकस्मिक रूपमा बैठक बोलाइएको एक शीर्ष नेताको दाबी छ। ती नेताका अनुसार उक्त बैठकमा अध्यक्ष ओलीले केही नेताप्रति लक्षित गर्दै विवादास्पद र आपत्तिजनक टिप्पणीसमेत गरेका थिए।
यस घटनाक्रमले एमालेभित्र नेतृत्वको निरन्तरता र पार्टी पुनर्गठनबारे फरक–फरक धारणा सतहमा आएको संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *