राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालमाथि कर छलीको गम्भीर आरोप लागेको छ । उनी साझेदार रहेको ‘चियादानी’ नामक व्यवसायले ७५ लाख कर छलेको दाबीसहित आन्तरिक राजस्व कार्यालयमा उजुरी परेको हो ।
भैरहवाकी रोशिका राणा (सांकेतिक नाम) बाट आजको मिति रहेको उजुरीमा ‘पौने एक करोड बराबर कर छली उजुरी/सूचना तथा सो अनुसन्धान गरी पाउँ’ भन्ने व्यहोरा उल्लेख छ । उक्त संस्थाले कर छल्न हुक्का र चियाबाट भएको आम्दानी लुकाएको उजुरकर्ताको दावी छ ।
उजुरीअनुसार संस्थाले शुरुवाती महिनामै ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गरे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको छैन । हालसम्म करिब साढे ३ करोड रुपैयाँ कारोबार गरेको तर राजस्व छल्नकै लागि जानाजान भ्याटमा नगएको दाबी गरिएको छ ।
संस्थाले शुरुवाती महिनामै ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गरे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको छैन । हालसम्म करिब साढे ३ करोड रुपैयाँ कारोबार गरेको तर राजस्व छल्नकै लागि जानाजान भ्याटमा नगएको दाबी गरिएको छ ।
नेपालको कानुनअनुसार ३० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था छ । तर,मैमहिनामै ३० लाखको कारोबार हुँदा पनि भ्याटमा दर्ता नभएको चियादानीले कर छलीको प्रमाण मेटाउन प्यान नम्बरसमेत परिवर्तन गरेको जिकिर लिइएको छ ।
उक्त व्यवसाय चिया पसलका रूपमा सञ्चालन भए पनि वास्तविक आम्दानी हुक्काबाट हुने उल्लेख गरिएको छ । हुक्काको न्यूनतम मूल्य प्रतिइकाइ ४९० रुपैयाँ रहेको र दैनिक ६० देखि ११० वटासम्म बिक्री हुने गरेको दावी पनि गरिएको छ ।
उजुरीमा आरोप प्रमाणित गर्ने केही आधार प्रस्तुत गर्दै थप पुष्टिका लागि तत्काल छानविन माग गरिएको छ । त्यसनिम्ति ‘फोन पे’ मार्फत् प्राप्त भुक्तानी विवरण जाँच,बैंक खाताहरूको स्टेटमेन्ट परीक्षण,हिसाब राख्न प्रयोग गरिएको कम्प्युटर तथा लेखा सफ्टवेयर जफत,सञ्चालकहरूको व्यक्तिगत बैंक खाताको छानबिन र सिसिटिभी हार्ड डिस्क जफत गरी अध्ययन गर्न उजुरकर्ताको सुझाव छ ।
शंखमूलमा अवस्थित चियादानी सुवास शर्माको नाममा दर्ता रहेको छ भने सांसद खनाल साझेदार छन् । कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका उनी प्रधानमन्त्री बालेन साहका विश्वासपात्रको रूपमा चिनिन्छन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनी फोहोर व्यवस्थापनमा समेत संलग्न थिए ।
पूर्वी नेपालका ८३ वटा चिया उद्योग भारतीय अवरोधका कारण प्रभावित भइरहेका बेला गत शनिबार प्रधानमन्त्री बालेन चियादानीमा चिया पिउन पुगेका थिए । उनले छाता ओढेर चिया पिइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल गराइयो । बालेन पहिले पनि उक्त पसलमा जाने गरेको बताइन्छ ।
प्रधानमन्त्रीका विश्वासपात्र तथा जननिर्वाचित सांसदमाथि कर छलीजस्तो गम्भीर आर्थिक अपराधको आरोप सामान्य होइन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमेत आर्थिक विधेयकमा चलखेल गरेको तथा करका दर हेरफेरको सूचना चुहाएर व्यापारी पोसेको आरोपमा मुछिएका बेला यो प्रकरणले थप प्रश्न उठाएको छ ।
तर, आफ्ना मान्छेलाई जोगाउने ‘नीति नै लिएको’ सरकारले प्रधानमन्त्रीका विश्वासपात्रमाथि छानबिनको आँट गर्नेमा धेरैले विश्वास गरेका छैनन् । आन्तरिक तथा बाह्य दबाबका कारण छानबिन भैहाले पनि सुधन गुरुङलाई चोख्याएर गृहमन्त्रीमा फर्काएजस्तै नहोला भन्न सकिन्न !
जनआस्थबाट
