२ असोज, काठमाडौं । सरकारले भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई राजदूतका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले भारत, चीन र अमेरिकासहित १३ वटा देशका लागि राजदूत सिफारिस गरेको हो । विभिन्न क्षेत्रको विज्ञता, अध्ययन तथा अनुसन्धानका साथै विभिन्न क्षेत्रमा नेतृत्व र अन्य भूमिकामा काम गरिरहेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको सरकारले जनाएको छ ।

सरकारले राजदूतका लागि सिफारिस गरिएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि पठाउनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *