सुर्खेत ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेश सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

शाहीले नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाबीसँगै प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षर पनि बुझाइएको छ।

मुख्यमन्त्रीमा शाहीको दाबीलाई नेकपाका १४ जना र नेकपा एमालेका १० जना सांसदले समर्थन गरेका छन् । नेपालको संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त भएपछि शाहीले सरकार गठनको दाबी प्रस्तुत गरेका हुन् । 

यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।  सोही आह्वानअनुसार नेकपा र एमालेबीच भएको सहमतिका आधारमा शाहीले बहुमत सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *