नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तह विभागद्वारा आयोजित जनप्रतिनिधिहरूको प्रशिक्षण भेलाको अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका २० भन्दा बढी नेता तथा कार्यकर्ताहरू औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन्।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव कुमार नेपाल द्वारा टीका तथा दोसल्ला ओढाएर स्वागत गरिएको थियो।

उक्त कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नवप्रवेशी नेताहरूले देशमा वाम एकता, राजनीतिक स्थायित्व र जनमुखी राजनीतिक अभ्यासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *