काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौन बस्ने कुरा व्यक्तिगत लहडको विषय नभएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान भएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौनता उहाँको रुचि या व्यक्तिगत लहडको विषय होइन। प्रश्न गर्ने नागरिक अधिकार हो भने संसद्मा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो। संसद्मा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन। यो त तर्क, बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौँ।’

राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद् जनता प्रतिको उपेक्षा भएको बताए।

उनले भने, ‘उहाँको दायित्व वारेस मार्फत गराइनु संसद्प्रतिको घोर अपमान र खेदजनक हो। शक्ति सन्तुलन, नियन्त्रणका प्रक्रियाहरू एक अर्को गरेर भङ्ग हुँदै गएका छन्। केन्द्रिकरण तथा स्थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्नु अस्थिरता र निरंकुशताको प्रवृत्ति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *