काठमाडौं , सर्वोच्च अदालतले युद्धमा बालसैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादी जन’युद्धका का सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ ।
पूर्वबालसैनिककाे नाँउमा लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको अदालतको निष्कर्ष छ ।
बरिषठतम न्यायाधीशद्धय सपना मल्ल प्रधान, सुनिल पोखरेल र थापाको इजलासले बालसैन्यलाई निषेध गर्ने कानून बनाउन अर्को निर्देशनात्मक आदेश दिएको छ । बालसैन्य प्रयोगलाई गम्भीर मानवअधिकार उल्लंघनको विषयमा समेट्न आदेशमा भनिएको छ ।
विष्टले संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानून अनुकूल नभएको दाबी गर्दै दुई वर्षअघि सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
