काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सुरु गरिएको छ। रास्वपा महामन्त्री भूपदेव शाहले अधिवेशन उद्घाटन गरेका छन्।

रास्वपा कर्णाली अधिवेशनको सुरुमै प्रतिनिधि छनौटमा विवाद भएको छ। ५३० जना प्रतिनिधि भनिएकोमा करिब ३ सय नक्कली प्रतिनिधि खडा गरिएको भन्दै विवाद उत्पन्न भएको हो ।

सभापतिका आकाङ्क्षी एनके बस्नेत र स्नेहा उपाध्यायले त्यसमा विरोध जनाएका छन्। अहिले प्रतिनिधि छनोटको विवादका विषयमा निर्वाचन समितिले छानबिन गरिरहेको छ। छानबिन नभएसम्म निर्वाचन हुन नदिने नेता कार्यकर्ताहरू बताउँछन्।

वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) ले सभापतिकाे आकांक्षी रहेकाे स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *