नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले पार्टी फुटिसकेको बताएका छन् । एकताको ब्यानरमा विराटनगरमा आइतबार आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

“०४८ मा गिरिजाप्रसाद कोइरालाले ठुलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो,” उनले भने, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ? ।’

उनले कोइराला निवास जाँदा आफ्नो आँखाबाट आँशु आएको बताए । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँशु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ उनले भने, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन ।’

पार्टीलाई एक बनाउने लक्ष्य हुनुपर्ने र डा. शेखर कोइरालाले त्यसको नेतृत्व गरिरहेका उनले बताए । सोही भेलामा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि सम्बोधन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *