नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘वृहत् एकता, साझा प्रतिबद्धता : नेपाली कांग्रेस कोशी प्रदेशस्तरीय भेला’मा निवर्तमान कार्यसमितिमा रहेका वरिष्ठ नेताहरू सहभागी भएका छन्।
१४औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौला सहभागी छन्।
त्यस्तै, नेताहरू बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, एनपी साउद, मीनबहादुर विश्वकर्मा, महेन्द्र लिम्बु, रामहरि खतिवडा, सरस्वती बजिमय, सुजाता परियार, मोहनबहादुर बस्नेत, सीता गुरुङलगायतका नेताहरू पनि भेलामा सहभागी छन्।
विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि देउवा र शेखर कोइरालाले आयोजना गरेको यो पहिलो भेला हो।
