काठमाडौं । इरान र अमेरिकाबीच शान्ति सम्झौताबारे वार्ता चलिरहेका बेला इजरायलले लेबनानमा आक्रमण जारी राखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच मतभेद बढेको देखिएको छ।
नेतन्याहुले इरानसँग सम्झौता भए पनि नभए पनि इजरायलले इरानलाई आणविक हतियार बनाउन नदिने बताएका छन्। उता, इरानले लेबनानमा युद्धविराम पनि सम्भावित शान्ति सम्झौताको हिस्सा भएको दाबी गरेको छ।
ट्रम्पले भने वार्ताकै क्रममा लेबनानमा भएका इजरायली आक्रमणको आलोचना गर्दै ती हमला आवश्यकताभन्दा बढी भएको बताएका छन्। उनले नेतन्याहुलाई थप जिम्मेवार बन्न सुझाव दिएका छन्।
बीबीसीका अनुसार मध्यपूर्वमा स्थायित्व र शान्ति कायम गर्न लेबनानको अवस्था सुधारिनु आवश्यक रहेको ट्रम्पको धारणा छ। यही कारण उनले इजरायलप्रति आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन्।
स्रोत : बीबीसी हिन्दी
