चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र प्रतिनिधि छनाैटमा विवाद हुदा निर्धारित समयमा सुरु हुन सकेन जस्का कारण कार्यतालिका नै प्रभावित भएको छ।
बिहान साढे ८ बजे सुरु गर्ने योजना रहे पनि प्रतिनिधि व्यवस्थापन र नामावली सम्बन्धी विवादका कारण सत्र लामो समयसम्म रोकिएको हो। प्रतिनिधिको अन्तिम संख्या र सूची टुंगो लगाउने क्रममा देखिएका समस्या समाधान गर्न नेतृत्व व्यस्त भएपछि कार्यक्रम ढिलो भएको बताइएको छ।
पार्टीभित्र विभिन्न प्रदेशबाट आएका प्रतिनिधिको सूचीमा त्रुटि, छुटेका नाम तथा अन्य प्राविधिक विषयलाई लिएर असन्तुष्टि देखिएको छ। ती विषय मिलाउन निर्वाचन सम्बन्धी टोलीले निवेदन संकलन र सच्याउने काम जारी राखेको छ।
बन्द सत्र ढिलो हुँदा राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदनमाथिको छलफल प्रभावित भएको छ। साथै उम्मेदवार मनोनयन दर्तालगायत आगामी प्रक्रिया पनि निर्धारित समयअनुसार अघि बढ्न सकेका छैनन्।
नेतृत्वले प्रतिनिधिको संख्या र सूचीलाई विवादरहित बनाउने प्रयास गरिरहेकाले सत्र सुरु हुन ढिलाइ भएको जनाएको छ। यस अवस्थाले महाधिवेशनको समग्र अवधि लम्बिन सक्ने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *