सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न जेनजी अभियन्ताहरूले सरकारसँग पाँच बुँदे माग अघि सारेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियन्ताहरूले घटनाको न्यायिक छानबिन, पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति, न्याय सुनिश्चितता, संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रको प्रभावकारी समन्वय तथा स्थानीय तह, प्रशासन र समुदायबीच नियमित संवादको व्यवस्था गर्न आग्रह गरेका हुन्।
उनीहरूले घटनाका क्रममा गोली चलाएर बल प्रयोग गरिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट कार्ययोजना ल्याउनुपर्ने बताएका छन्।
अभियन्ताहरूले कुनै एक व्यक्तिको अपराधका आधारमा सम्पूर्ण धर्म वा समुदायलाई दोषी ठहर गर्नु सामाजिक सद्भावका लागि हानिकारक हुने उल्लेख गर्दै दोषी व्यक्ति वा समूहलाई मात्र कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *