विराटनगर । सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति फेरि दुई पक्षबीच झडप भएको छ। आइतबार राति सुरु भएको विवादपछि तनावग्रस्त बनेको क्षेत्रमा मंगलबार राति करिब ८ बजेदेखि पुनः झडप भएको हो।
देवानगञ्ज–३ बजार क्षेत्रमा दुवै पक्ष घरेलु हतियारसहित आमनेसामने भएपछि स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ। झडप नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको भए पनि अवस्था नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिएका छन्। प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *