काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिन आचार्य, राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत नेताहरूको उपस्थिति रहेको छ।
बैठकमा देवानगञ्ज घटनाको पछिल्लो अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने विषयमा छलफल हुने बताइएको छ।
