काठमाडौं । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

सुनसरीमा एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव, सामाजिक सद्भाव र शान्ति–सुरक्षाको अवस्थाबारे साझा धारणा बनाउन बैठक बोलाइएको रास्वपाले जनाएको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूबाट एकीकृत सन्देश दिन र सामाजिक द्वेष न्यूनीकरण गर्न सर्वदलीय छलफल आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *