काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा पछिल्लो समय देशमा विकसित सुरक्षा अवस्था, सुनसरी घटनापछि उत्पन्न परिस्थितिलगायत समसामयिक राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा मन्त्रालयका सचिव रहने कानुनी व्यवस्था छ।

सुनसरी घटनापछि सुरक्षा अवस्थाबारे चासो बढिरहेका बेला बोलाइएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *