जनकपुर, साउन १४ — दुई समुदायबीचको तनाव बढ्दै गएपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरेको उनले जानकारी दिए।
यस्तै, सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति–सुरक्षा भंग हुन सक्ने जोखिम देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *