काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले पूर्वसांसद तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन हुनेछ
