नुवाकोट, भदौ १९ — गत भदौ १० गते गएकाे विनाशकारी बाढीबाट त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा आशालाग्दो संकेत देखिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएपछि उद्धार कार्यलाई थप तीव्र बनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी दिएको हो।
हाल नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा जुटिरहेको छ।
घटनास्थलमै रहेर उद्धार कार्यको अवस्थाबारे जानकारी दिँदै सांसद न्यौपानेले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका छन्। उनले सुरक्षा निकाय र प्राविधिक टोलीले उद्धार कार्यलाई तीव्रता दिइरहेको जानकारी दिएका छन्।
उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेका सबै व्यक्तिको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *