स्पार्क हेल्थका निर्देशक तथा चिकित्सक डा. सुनिल पौडेल चिकित्सा अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो अनुसन्धानपत्र प्रस्तुत गर्न मलेसिया पुगेका छन्।

रोयल कलेज अफ सर्जन्स इन आयरल्यान्डको मलेसिया क्याम्पसमा आयोजना भइरहेको तेस्रो अन्तर्राष्ट्रिय चिकित्सा अनुसन्धान सम्मेलनमा डा. पौडेलले मेरुदण्डको शल्यक्रिया असफल भएका बिरामीलाई पुनः शल्यक्रिया नगरी उपचार गर्न सकिने विधिसम्बन्धी अनुसन्धान प्रस्तुत गर्ने भएका हुन्।

चिकित्सा अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण मानिने उक्त सम्मेलनमा विभिन्न देशका चिकित्सक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ। सम्मेलनमा नवीन उपचार पद्धति, चिकित्सा प्रविधि तथा अनुसन्धानका विषयमा छलफल र अनुसन्धान प्रस्तुतिहरू हुनेछन्।

डा. पौडेलको अनुसन्धान अन्तर्राष्ट्रिय चिकित्सा अनुसन्धान सम्मेलनमा प्रस्तुत हुनुलाई नेपाली चिकित्सा क्षेत्रका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *