कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्ने त्रिवेणी पाटन प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय क्षेत्र हो। हरिया पाटन, खुला भू–दृश्य र शान्त वातावरणले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ।
प्राकृतिक सुन्दरता र मनोरम भू–दृश्यका कारण त्रिवेणी पाटन आन्तरिक पर्यटनका लागि आकर्षणको सम्भावना बोकेको क्षेत्रका रूपमा देखिन्छ। यहाँबाट देखिने प्राकृतिक दृश्यले कर्णालीको मौलिक सौन्दर्यलाई झल्काउँछन्।
त्रिवेणी पाटनमा खिचिएका यी तस्बिरहरूले सान्नीत्रिवेणीको प्राकृतिक सुन्दरतालाई नजिकबाट प्रस्तुत गरेका छन्।




