चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खसेपछि सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान करिब ८ः४५ बजे पहिरो खसेपछि सवारी आवागमन रोकिएको हो। पहिरो हटाउन मेसिन परिचालन गरिएको छ भने काम सम्पन्न हुन करिब डेढ घण्टा लाग्ने अनुमान गरिएको छ।
पहिरोका कारण मुग्लिनबाट नारायणगढ र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधन बाटोमै रोकिएका छन्। सडक डिभिजन कार्यालयले यात्रुहरूलाई धैर्य गर्न र सडक खुल्ने आधिकारिक जानकारीपछि मात्र यात्रा अघि बढाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *