काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानअनुसार सचिवालय गठन गर्ने निर्णय गरेको हो।
गठित सचिवालयमा सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।
बैठकले बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय पनि गरेको छ।
यसका साथै, महाधिवेशनको समीक्षा गर्ने, विभागीय कार्यविधि पारित गर्ने, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग नियमित संवाद र समन्वय गर्ने निर्णय समेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *