प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण गम्भीर संकटमा पुगेको बताएका छन्।
बुधबार आयोजित दर्शनशास्त्रसम्बन्धी एक पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै उनले मार्क्सवादी दर्शनलाई व्यवहारमा सही रूपमा आत्मसात गर्न नसक्दा आन्दोलन कमजोर बन्दै गएको टिप्पणी गरे।
शर्माले मार्क्सवादको सार वस्तु परिवर्तन गर्नु भए पनि नेपालमा त्यसलाई केवल किताबी व्याख्यामा सीमित राखिएको बताए। उनका अनुसार सिद्धान्त र व्यवहारबीचको दूरीले कम्युनिस्ट आन्दोलनलाई विघटनको दिशातर्फ धकेलेको छ।
उनले संसदवादतर्फको झुकाव र अर्कोतर्फ जडसूत्रीय रूपमा मार्क्सवादलाई संकुचित गर्ने प्रवृत्तिले आन्दोलन थप कमजोर बनाएको दाबी गरे।
शर्माले नेताहरू भनाइमा भौतिकवादी भए पनि व्यवहारमा आदर्शवादी बन्दै गएको उल्लेख गर्दै यही विरोधाभासले वर्तमान राजनीतिक संकट गहिरिँदै गएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *