राष्ट्रिय परिक्षा बाेर्कडले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हाे ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।

परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्।

नतिजा कसरी हेर्ने?
विद्यार्थीहरूले विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्:

वेबसाइट: राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np वा नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर।
SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर।
IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *