कालिकोट – नेपाली कम्युनिष्ट पार्टी ले तत्कालीन अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तथा युवा नेता नेत्रबहादुर शाहीलाई कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ।

हालै नेपाली कम्युनिष्ट पार्टी मा आबद्ध भएका शाही विद्यार्थी राजनीतिबाट स्थापित युवा नेताका रूपमा परिचित छन्। संगठन निर्माण, युवा परिचालन तथा जनतासँगको निकट सम्बन्धका कारण उनी पार्टीभित्र सक्रिय र प्रभावशाली नेतृत्वका रूपमा चिनिन्छन्।

उनको नेतृत्वमा सान्नीत्रिवेणीमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, युवालाई नेतृत्वमा जोड्ने तथा स्थानीय जनताका समस्या र विकासका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नेपाली कम्युनिष्ट पार्टी ले युवा नेतृत्वलाई प्राथमिकता दिँदै शाहीलाई सान्नीत्रिवेणी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको हो। यस निर्णयलाई सान्नीत्रिवेणीमा संगठन विस्तार, नयाँ ऊर्जा र प्रभावकारी नेतृत्वको सुरुवातका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *