काठमाडौं, साउन १५ — पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला परेको खबर आएको छ।
पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले उद्धार टोलीले घटनास्थलमा ४ शव फेला पारेको जानकारी दिएका छन्। तर, उक्त विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ।
यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले पनि घटनास्थलमा शव फेला परेको सूचना आएको भए पनि आधिकारिक पुष्टि नभएको बताएकी थिइन्। उद्धार तथा खोजी कार्य भने निरन्तर जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *