सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट मानव वम अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले वमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट निर्वाचित अध्यक्ष वमसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्माण व्यवसाय क्षेत्रको विकास, व्यवसायीहरूको हकहित तथा कर्णाली प्रदेशको पूर्वाधार विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी प्राप्त भएको छ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रदिप खड्का, उपाध्यक्षमा तुलाराज शाही (राज), महासचिवमा भरतबहादुर डाँगी, सचिवमा नविन कुमार थापा, कोषाध्यक्षमा मनोज कुमार सिंह र सहकोषाध्यक्षमा सिमिला खड्का चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा मनबहादुर चँदरा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही र खड्कबहादुर शाही रहेका छन् भने पछाडि परेको क्षेत्रबाट सदस्यमा ध्वजबहादुर शाही चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष मानव वमसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै निर्माण व्यवसायीहरूको पेशागत हकहित संरक्षण, निर्माण क्षेत्रमा देखिएका समस्या समाधान तथा कर्णालीको विकास निर्माणलाई थप प्रभावकारी बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै कर्णाली प्रदेशका निर्माण व्यवसायीहरूबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै प्रदेशको पूर्वाधार विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *