दुबई – गत अगस्ट ३० मा आयोजित श्रीलक्ष्मी ज्वेलरी तीज धमाका सिजन–२ सम्पन्नआयोजक टिमका अनुसार कार्यक्रमबाट ७५ प्रतिशतसम्म आर्थिक घाटा भए पनि कलाकारहरुले प्रस्तुति नदिए पनि पुरा पारिश्रमिक पाएका छन्। यसैबीच, भोटेकोसी क्षेत्रका बाढीपहिरो प्रभावितका लागि श्रीलक्ष्मी ज्वेलरी, बरदुबईले रु. ५ लाख ११ हजार ७ सय ५६ सहयोग गरेको जनाएको छ। उक्त रकम Al Dahab Exchange मार्फत प्रधानमन्त्री राहत कोषमा पठाइएको श्रीलक्ष्मी ज्वेलरी परिवारले जनाएको छ। कलाकारहरूको प्रत्यक्ष आर्थिक सहयोग नरहेको जानकारी गराउँदै, कलाकारहरूले आफ्नै खुसीले सहयोगसम्बन्धी प्रचार गरेको विषयले वास्तविक सहयोगी तथा दाताहरूको योगदानमा चोट पुगेको महसुस भएको आयोजक टिमले जनाएको छ।
मानवताको सेवाभावले गरिएको यस सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति श्रीलक्ष्मी ज्वेलरी परिवारले हार्दिक आभार व्यक्त गरेको छ ।
