कालीकोट — सानी त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह ले बडिमालिका दर्शनका लागि जाने भक्तजन तथा पर्यटकलाई सानी त्रिवेणी हुँदै बडिमालिका जाने मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ।

उहाँले सानी त्रिवेणी हुँदै बडिमालिका जाने धार्मिक तथा पर्यटकीय मार्गको महत्वबारे जानकारी गराउँदै भक्तजन तथा पर्यटकलाई यसै मार्गबाट बडिमालिका यात्रामा जान आग्रह गर्नुभएको हो।

बडिमालिका धार्मिक आस्थाको महत्वपूर्ण गन्तव्य हुनुका साथै प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण क्षेत्र हो। सानी त्रिवेणी हुँदै जाने मार्गको प्रचारप्रसार र प्रवर्द्धनले यस क्षेत्रको धार्मिक तथा पर्यटन गतिविधिलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

vedio
https://www.facebook.com/share/v/19WBoezu7C/

Leave a Reply

Your email address will not be published. Required fields are marked *