जापानको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। भूकम्पपछि सडक, विद्युत् र सञ्चार पूर्वाधारमा क्षति पुगेको छ भने अटोमोबाइल र सेमिकन्डक्टर (चिप) उद्योगको आपूर्ति शृङ्खलामा पनि असर परेको छ।भूकम्प प्रभावित क्षेत्रमा रहेका प्रमुख अटोमोबाइल तथा चिप उत्पादन कारखानाहरूले सुरक्षा परीक्षणका लागि केही समय उत्पादन स्थगित गरेका छन्। यसका कारण विश्वव्यापी अटोमोबाइल र इलेक्ट्रोनिक्स उद्योगको आपूर्ति प्रणालीमा अस्थायी दबाब पर्ने अनुमान गरिएको छ।जापान सरकारले उद्धार, राहत र पुनर्स्थापना कार्यलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ भने विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिएको छ।विशेषज्ञहरूका अनुसार अधिकांश उद्योगहरूले सुरक्षा निरीक्षण पूरा भएपछि क्रमशः उत्पादन पुनः सुरु गर्ने अपेक्षा गरिएको छ। यद्यपि भूकम्पको प्रभाव पूर्ण रूपमा मूल्याङ्कन गर्न केही समय लाग्ने अन्तर्राष्ट्रिय समाचार संस्था राेयटर्सले जनाएको छ !
राेयटर्सबाट
